प्रदेश १ नेपाली कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा
केदार कार्की र अमृत अर्याल उनका प्रतिस्पर्धी थिए। थापाले १८ मत ल्याएर संसदीय दलको नेता चुनिँदा कार्कीले ९ र अर्याल २ मत पाए।
काठमाडौं, पुस १५ : प्रदेश १ नेपाली कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा चुनिएका छन्। त्यहाँ संसदीय दलको नेताका लागि तीन जनाको उम्मेदवारी थियो ।
केदार कार्की र अमृत अर्याल उनका प्रतिस्पर्धी थिए। थापाले १८ मत ल्याएर संसदीय दलको नेता चुनिँदा कार्कीले ९ र अर्याल २ मत पाए।
संसदीय दलको नेता चुनिएका थापा पार्टीको प्रदेश १ सभापति एवम् झापा जिल्लाको पूर्वसभापति पनि हुन्। थापा समानुपातिकबाट प्रदेशसभा सदस्य भएका हुन्।
थापाको प्रस्तावकमा मोरङका भीम पराजुली र समर्थकमा खोटाङका भूपेन्द्र राई थिए।
प्रकाशित मिति: १५:२३ बजे, शुक्रबार, पुस १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार