प्रधानमन्त्री प्रचण्ड र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता
प्रधानमन्त्री प्रचण्डलाई भेट्न राजदूत श्रीवास्तव आज (शुक्रबार) बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।
काठमाडौं, पुस १५ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री प्रचण्डलाई भेट्न राजदूत श्रीवास्तव आज (शुक्रबार) बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।
भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको लिखित बधाईपत्र राजदूत श्रीवास्तवले हस्तान्तरण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटमा नेपाल–भारत सम्बन्धलाई अझै मजबुत बनाउने विषयमा छलफल भएको बताइएको छ।
प्रकाशित मिति: १३:४० बजे, शुक्रबार, पुस १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार