विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन
अर्थ मन्त्रालयले लागू गरेको विदेशबाट फर्किने नेपालीले एक थानभन्दा बढी मोबाइल ल्याउनु परे भन्सार तिर्नुपर्ने व्यवस्थाको सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि प्रधानमन्त्री दाहालले त्यस्तो निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका हुन्।
काठमाडौं, पुस १५ : प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशबाट फर्किने नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न निर्देशन दिएका छन्।
अर्थ मन्त्रालयले लागू गरेको विदेशबाट फर्किने नेपालीले एक थानभन्दा बढी मोबाइल ल्याउनु परे भन्सार तिर्नुपर्ने व्यवस्थाको सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि प्रधानमन्त्री दाहालले त्यस्तो निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका हुन्।
अर्थ मन्त्रालयले त्यस्तो व्यवस्था आजैबाट लागू गरेको थियो। सरकारले एकभन्दा बढी मोवाइल ल्याए १८ प्रतिशत कर लिने गरी कडाइ गरेको थियो । यदि लुकाएर ल्याए पनि सिम हालेको १५ दिन पछि मोबाइल चल्ने व्यवस्था गरिएको थियो।
सरकारको यस्तो निर्णयपछि सामाजिक सञ्जालमा युवाहरुले ‘नो रेमिट्यान्स’अभियान चलाएका छन् ।
प्रकाशित मिति: ११:४० बजे, शुक्रबार, पुस १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार