Kathmandu Press

प्रधानमन्त्री दहाल र ओलीबीच भेट

भेटमा सरकारको साझा न्यूनतम कार्यक्रम, मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल भएको बताइएको छ।
प्रधानमन्त्री दहाल र ओलीबीच भेट

काठमाडौं, पुस १५ : प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ।

शुक्रबार बिहान ओली प्रधानमन्त्री दाहाललाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । भेटमा सरकारको साझा न्यूनतम कार्यक्रम, मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल भएको बताइएको छ।

बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले ओलीको संयोजकत्वमा उच्चस्तरीय संयन्त्र गठन गर्दै पाँच दिनभित्र सरकारको न्यूनतम साझा कार्यक्रम तयार पार्ने निर्णय गरेको थियो।

प्रकाशित मिति: ०९:५४ बजे, शुक्रबार, पुस १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्