Kathmandu Press

चार प्रदेशको पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

जसको प्रभावले  कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही तराईका केही भूभागमा हुस्सु लागेको छ ।
चार प्रदेशको पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौं, पुस १५ : हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले  कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही तराईका केही भूभागमा हुस्सु लागेको छ ।

आज दिउँसो प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक,दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। यी भूभागमा राति पनि हिमपात र हल्का वर्षाको सम्भावना रहेको छ । 

हल्का वर्षा, हिमपात र हुस्सको सम्भावना रहेका स्थानहरूमा दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
 
प्रकाशित मिति: ०७:५८ बजे, शुक्रबार, पुस १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्