Kathmandu Press

ब्राजिलका महान फुटबलर पेलेको निधन

मृगौला र प्रोस्टेट रोगले थला पारेपछि पेले उपचारका लागि एक महिनाअघि अस्पताल भर्ना भएका थिए । उनी नोभम्बरमा अस्पताल भर्ना भएका थिए । 
ब्राजिलका महान फुटबलर पेलेको निधन

काठमाडौं, पुस १५ : ब्राजिलका महान फुटबलर पेले (एड्सन आरान्तेस दो नासिमेन्तो)को निधन भएको छ । ८२ वर्षको उमेरमा उपचारका क्रममा साओ पाउलो स्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा बिहीबार राति उनको निधन भएको बीबीसीले जनाएको हो । 

मृगौला र प्रोस्टेट रोगले थला पारेपछि पेले उपचारका लागि एक महिनाअघि अस्पताल भर्ना भएका थिए । उनी नोभम्बरमा अस्पताल भर्ना भएका थिए । 

ब्राजिललाई लगातार तीन पटक फिफा विश्वकप उपाधि दिलाउन पेलेको महत्वपूर्ण योगदान रहेको छ । लगातार तीन पटक विश्वकप उपाधि जित्ने पेलेको नाममा दुर्लभ कीर्तिमान छ । पेले प्रेरित ब्राजिलले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जितेको थियो । पेलेले आफ्नो २१ वर्षे खेल जीवनमा १३६३ खेल खेल्दै १२८१ गोल गरेका थिए । 

उनले ब्राजिलको लागि ९२ खेल खेल्दै ७७ गोल गरेका थिए। फुटबलमा जादुमय क्षमता भएका पेलेलाई सन् २००० मा फिफा प्लेयर अफ दि सेन्चुरी घोषणा गरिएको थियो । १५ वर्षको उमेरमा सेन्टोस क्लबबाट फुटबल खेल्न थालेका उनी १७ वर्षको उमेरमै फुटबल स्टार बनेका थिए ।

 


 

प्रकाशित मिति: ०७:४४ बजे, शुक्रबार, पुस १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्