लमजुङकाे भुलभुलेमा जीप दुर्घटना हुँदा एककाे मृत्यु, ८ घाइते

लमजुङ, पुस १४ : लमजुङको मर्स्याङ्दी गाउँपालिका-८, भुलभुलेमा जीप दुर्घटना भएकाे छ। दुर्घटनामा एक महिलाकाे घटनास्थलमा मृत्यु भएकाे छ। दुर्घटनामा अन्य ८ जना घाइते भएका छन।
मृत्यु हुनेमा मर्स्याङ्दी गाउँपालिका ८, भुष्मेकी ४७ वर्षीया भिवकाशी तामाङ रहेकी छन। तामाङकाे बेंसीसहरस्थित लमजुङ अस्पतालमा जाँचका क्रममा डाक्टरले मृत घोषणा गरेका थिए ।
भुलभुलेको सुरुङ कट्नेबित्तिकै भुष्मेतर्फ जाँदै गरेको ग३च ८३६१ नम्बरको बोलेरो जिप बिहीबार साँझ ५ बजेतिर दुर्घटना भएको हो । उकालोमा ब्रेक फेल हुँदा जिप दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । चालक फरार छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका ४ नाकाे चितवनस्थित नयाँ मेडिकल कलेज रिफर गरिएको छ । अन्य ४ जनाको बेंसीसहरस्थित लमजुङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १९:५८ बजे, बिहीबार, पुस १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











