Kathmandu Press

मापदण्ड विपरित खटिएका १९४ सुरक्षाकर्मी फिर्ता

मापदण्ड विपरित खटिएका १९४ सुरक्षाकर्मी फिर्ता

काठमाडाैं, पुस १४ : गृह मन्त्रालयको निर्देशनपछि मापदण्ड विपरित खटिएका १९४ सुरक्षाकर्मी फिर्ता भएका छन। बिहीबारसम्म नेपाल प्रहरीका १०३ र सशस्त्र प्रहरी बलका ९१ जना सुरक्षाकर्मी गरी जम्मा १९४ सुरक्षाकर्मी प्रहरी/सशस्त्र प्रहरी प्रधान कार्यालय, नक्सालमा हाजिर भएका हुन।

गृह मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरेर बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले व्यक्तिगत सुरक्षाका लागि पाएको सुरक्षाकर्मीमा मापदण्ड विपरीत भए फिर्ता गर्न भनेको थियो।

प्रकाशित मिति: १८:५९ बजे, बिहीबार, पुस १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्