Kathmandu Press

नयाँ सरकारसँग मिलेर काम गर्न उत्सुक रहेकाे छाैं : भारतीय विदेश मन्त्रालय

नयाँ सरकारसँग मिलेर काम गर्न उत्सुक रहेकाे छाैं : भारतीय विदेश मन्त्रालय

काठमाडाैं, पुस १४ : भारतीय विदेश मन्त्रालयले नेपालसँगको द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउँदै जान उत्सुक रहेकाे बताएकाे छ।

बिहीबार आयोजित साप्ताहिक नियमित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नयाँ सरकारसँग मिलेर काम गर्न उत्सुक रहेकाे बताएका हुन।

नेपालमा चुनावपछि बनेको नयाँ सरकार र यहाँको राजनीतिक परिस्थितिका बारेमा सञ्चारकर्मीहरूले राखेको जिज्ञासको जवाफ दिँदै बाग्चीले प्रचण्ड प्रधानमन्त्री हुनेबित्तिकै नरेन्द्र मोदीले बधाई दिएको विषयमा जानकारी गराए । मोदीले दिएको बधाईको जवाफमा प्रचण्डले पनि दुई देशको बीचमा गहिरो सम्बन्ध बनाउन चाहेको उनले जानकारी दिए ।

प्रचण्ड प्रधानमन्त्री नियुक्त भएकै दिन भारतीय प्रधानमन्त्री मोदीले ट्वीटरमार्फत प्रचण्डलाई बधाई दिएका थिए ।

प्रकाशित मिति: १८:३५ बजे, बिहीबार, पुस १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्