Kathmandu Press

प्रभु साहले खाेले आम जनता पार्टी, कसलाई के जिम्मेवारी?

बिहीबार पत्रकार सम्मेलन गर्दै साहले आम जनता पार्टी गठनको घोषणा गरेका हुन्।
प्रभु साहले खाेले आम जनता पार्टी, कसलाई के जिम्मेवारी?

काठमाडौं, पुस १४ : एमाले छाडेर स्वतन्त्र उम्मेदवार बनेर रौतहट ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका सांसद प्रभु साहले नयाँ पार्टी गठन गरेका छन्।

बिहीबार पत्रकार सम्मेलन गर्दै साहले आम जनता पार्टी गठनको घोषणा गरेका हुन्। ५१ सदस्यीय तदर्थ केन्द्रीय समितिसमेत बनाइएकाे गरिएको उक्त पार्टीमा साह अध्यक्ष छन्।

पार्टीको संसदीय विभाग प्रमुखमा रौतहट ३ बाट स्वतन्त्र रूपमा निर्वाचित किरण साह छन् भने संगठन विभाग प्रमुखको जिम्मेवारी  कुन्दन कुशहवालाई दिइएको छ।

प्रचारप्रसार विभाग प्रमुखमा चन्द्रभूषण साह छन् भने पूर्वसांसदसमेत रहेका बद्री न्यौपाने विदेश विभाग प्रमुख छन्। यसअघि मन्त्रीको माग गर्दै साह माओवादी केन्द्रमा जान लागेको चर्चा चलेको थियो।

प्रकाशित मिति: १७:०४ बजे, बिहीबार, पुस १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्