Kathmandu Press

मलाई राष्ट्रपति पदसँग जोडेर आएका समाचारमा कुनै सत्यता छैन : नेपाल

अध्यक्ष नेपालले केपी ओलीले आफूलाई भेट्न खोज्दा आफूले अस्वीकार गरेको भन्ने कुरा पनि सत्यता नभएको बताए।
मलाई राष्ट्रपति पदसँग जोडेर आएका समाचारमा कुनै सत्यता छैन : नेपाल

काठमाडौं, पुस १४ : काठमाडौं, नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले आफूलाई राष्ट्रपति पदसँग जोडेर आएका समाचारमा कुनै सत्यता नरहेको बताएका छन्।

आज (बिहीबार) अपराह्न पार्टी जनवर्गीय संगठनका प्रतिनिधिसँगको जुम बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेससँगको गठबन्धन छोडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेसँगै एमालेले आफूलाई राष्ट्रपति बनाउन खोजेको भनेर अनावश्यक चलेको उनको भनाइ थियो।

‘अहिले एमालेसँग जोडेर बजारमा माधव नेपाललाई राष्ट्रपति बनाउने हल्ला बजार खपतका लागि चलाइएका छन्, उक्त हल्लामा कुनै सत्यता छैन, सचेत रहन सबैलाई आग्रह गर्छु,’ उनले भने।

उनले आफू कम्युनिस्ट एकताको विपक्षमा नरहेको भन्दै उनले त्यसका लागि दुवै पक्ष तयार हुनुपर्ने आवश्यकता औंल्याए। ‘दुवै पक्ष तयार हुनुपर्छ। अब पुरानै कुरामा अलमलिन ठिक हुँदैन,’ उनले भने। सरकारले विश्वासको मत लिएपछि सरकारमा जाने नजानेबारे पार्टीले निर्णय गर्ने उनको भनाइ थियो।  

एमालेसँगको विद्रोहदेखि आम निर्वाचनसम्मका राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै अध्यक्ष नेपालले पछिल्लो पटक फेरिएको राजनीतिक समीकरण र कांग्रेसको हातबाट वामपन्थीको हातमा सत्ता आउनु सकारात्मक भएको बताए।

यसबीचमा भएका घटनाक्रमका साथै अहिले मन्त्रिमण्डल विस्तार र शक्ति बाँडफाँटबारे भएका छलफलमा पार्टी सहभागी नभएको र जानकारी पनि नभएको अध्यक्ष नेपालले बताए। ‘

उनले एमाले उपाध्यक्ष विष्णु पौडेलसँग आफ्नो भेट नभएको दाबी गर्दै अन्य एमाले नेता–कार्यकर्तासँग भने भेटवार्ता र संवाद भइरहेको बताए। अध्यक्ष नेपालले केपी ओलीले आफूलाई भेट्न खोज्दा आफूले अस्वीकार गरेको भन्ने कुरा पनि सत्यता नभएको बताए।

प्रकाशित मिति: १७:०७ बजे, बिहीबार, पुस १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्