Kathmandu Press

डिएसपी ठगबहादुर केसी निलम्बित

सुन व्यापारीसँग घुस रकम लिएको आरोप लागेका केसीलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले आज (बिहीबार) निलम्बन गरेको प्रहरी स्रोतको भनाइ छ।
डिएसपी ठगबहादुर केसी निलम्बित

काठमाडौं, पुस १५ : इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसी निलम्बित भएका छन्।

सुन व्यापारीसँग घुस रकम लिएको आरोप लागेका केसीलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले आज (बिहीबार) निलम्बन गरेको प्रहरी स्रोतको भनाइ छ। उनको निलम्बनका लागि लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको थियो।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले उनलाई पुस १० मा साँझ उनकै निवासबाट नियन्त्रणमा लिएको थियो। केसीले व्यापारीबाट ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाई पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि सिआईबीले अनुसन्धान गरेको थियो।

उनको निवासबाट ३५ तोला सुन, ८ लाख ५० हजार रूपैयाँ, खिम जिसीको नाममा ९ लाख ५० हजार रूपैयाँको चेक बरामद भएकाे थियाे।

प्रकाशित मिति: १६:१८ बजे, बिहीबार, पुस १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्