Kathmandu Press

वाग्मती प्रदेशसभाका सदस्यहरूले लिए शपथ

१०९ प्रदेश सदस्यमध्ये तीनजनाले तामाङ र १२ जनाले नेवार मातृभाषामा शपथ लिएका थिए।
वाग्मती प्रदेशसभाका सदस्यहरूले लिए शपथ

मकवानपुर, पुस १४ : वाग्मती प्रदेशसभाका सदस्यहरूले शपथग्रहण गरेका छन्।

प्रदेशसभा सचिवालयमा आज (बिहीबार) दिउँसो शपथग्रहण समारोहको आयोजना गरिएको थियो। १०९ प्रदेश सदस्यमध्ये तीनजनाले तामाङ र १२ जनाले नेवार मातृभाषामा शपथ लिएका थिए।

उनीहरुलाई वाग्मती प्रदेशसभाका ज्येष्ठ सदस्य ७२ वर्षका रामप्रसाद ढुंगानाले शपथग्रहण गराएका थिए। ढुंगानाले भने प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष शपथग्रहण गरेका थिए।

शपथग्रहण समारोहमा वाग्मती प्रदेशका मुख्यमन्त्री, पूर्वमुख्यमन्त्रीहरु, मन्त्रीहरु, पूर्वसभामुखलगायतको उपस्थिति थियो। 

प्रकाशित मिति: १६:५८ बजे, बिहीबार, पुस १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्