कांग्रेस मधेस प्रदेश संसदीय दलको नेतामा कृष्णप्रसाद यादव निर्वाचित
कांग्रेस प्रदेश सभापतिसमेत रहेका कृष्णप्रसाद १८ मत प्राप्त गर्दै संसदीय दलमा निर्वाचित भएका हुन्।
जनकपुरधाम, पुस १४ : नेपाली कांग्रेस मधेस प्रदेशको संसदीय दलको नेतामा कृष्णप्रसाद यादव निर्वाचित भएका छन्।
कांग्रेस प्रदेश सभापतिसमेत रहेका कृष्णप्रसाद १८ मत प्राप्त गर्दै संसदीय दलमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी रामसरोज यादवले ४ मत मात्र पाए। प्रदेशसभामा नेपाली कांग्रेसका २२ जना सांसद छन्।
आज दिउँसो ३ बजेदेखि जनकपुरधामस्थित कांग्रेसको प्रदेश कार्यालयमा दलको नेता चयनका लागि मतदान भएको थियो। कृष्णप्रसाद रौतहटको क्षेत्र नम्बर १ (ख) निर्वाचित भएका हुन्।
प्रकाशित मिति: १६:४६ बजे, बिहीबार, पुस १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











