Kathmandu Press

मधेस प्रदेश : कांग्रेस संसदीय दलको नेतामा रामसरोज र कृष्णको उम्मेदवारी

कृष्णप्रसाद रौतहटको क्षेत्र नम्बर १ (ख) र रामसरोज धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को (क) बाट विजयी भएका हुन्।   
मधेस प्रदेश : कांग्रेस संसदीय दलको नेतामा रामसरोज र कृष्णको उम्मेदवारी

काठमाडाैं, पुस १४ : नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलको नेताका लागि आज निर्वाचन हुँदैछ।

जनकपुरधामस्थित पार्टी कार्यालयमा हुन लागेको निर्वाचनमा संसदीय दलको नेताका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन्। 

कांग्रेस मधेश प्रदेश सभापति कृष्णप्रसाद यादव र निवर्तमान संसदीय दलका नेता रामसरोज यादवले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिका संयोजक चन्द्रशेखर यादवले जानकारी दिए।

कृष्णप्रसाद रौतहटको क्षेत्र नम्बर १ (ख) र रामसरोज धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को (क) बाट विजयी भएका हुन्।   

बिहान ९ देखि १० बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय तालिका थियो। कसैले उम्मेदवारी फिर्ता नलिएमा मतदान हुने कांग्रेसका मधेश प्रचारप्रसार प्रमुख नितेश गुप्ताले बताए।

मधेस प्रदेश सभामा २२ सदस्यसहित कांग्रेस दोस्रो ठुलो दल हो। 

प्रकाशित मिति: १५:५७ बजे, बिहीबार, पुस १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्