Kathmandu Press

सर्वोच्च बारको निर्वाचन पुस २३ मा, निरौला र भट्टको प्यानल खडा 

सर्वोच्च बारका सचिव ऋषीराम घिमिरेका अनुसार दुईवर्षे कार्यकालका लागि हुने निर्वाचनका लागि यसपल्ट ६०१ मतदाता रहेका छन्।
सर्वोच्च बारको निर्वाचन पुस २३ मा, निरौला र भट्टको प्यानल खडा 

काठमाडौं, पुस १४ : नेपाल बार एसोसिएसनको मिनी निर्वाचनका रूपमा लिइने सर्वोच्च अदालत बार एसोसिएसनको नयाँ नेतृत्वका लागि आगामी पुस २३ गते निर्वाचन हुने भएको छ।

बार नेतृत्व चयनसँगै त्यसै दिन केन्द्रीय कार्यकारिणी परिषद सदस्य (पार्षद्) पनि चुनिने कार्यक्रम छ। सर्वोच्च बारका सचिव ऋषीराम घिमिरेका अनुसार दुईवर्षे कार्यकालका लागि हुने निर्वाचनका लागि यसपल्ट ६०१ मतदाता रहेका छन्।

सचिव घिमिरेले मुकुन्द प्रसाद पौडेल प्रमुख निर्वाचन अधिकृत र शर्मिला श्रेष्ठ तथा दिपनारायण साह निर्वाचन अधिकृत रहेको निर्वाचन समिति तय भई २३ गते सम्पन्न गर्नेगरी निर्वाचन कार्यतालिकासमेत सार्वजनिक भइसकेको बताए ।      

सर्वोच्च बार निर्वाचनका लागि बृहद लोकतन्त्रवादी समूहले वरिष्ठ अधिवक्ता हरिशंकर निरौला नेतृत्वको प्यानल खडा गरेको छ। उक्त समूहले उपाध्यक्षमा जगदीशचन्द्र पाण्डे, सचिवमा कल्याण पोखरेल, सहसचिवमा सुजन लोप्चन र कोषाध्यक्षमा रामचन्द्र पौडेललाई चुनावी प्रतिश्पर्धामा उतारेको छ।

यस्तै यो समूहबाट सदस्यहरुमा कमला रोका (गिरी), ईन्द्रशेखर खड्का, रेशमराज रेग्मी, भिमप्रसाद ढकाल, रामबहादुर राउत ‘मातृदास’, प्रदीपकुमार श्रेष्ठ, रुपनारायण श्रेष्ठ, उत्तमराज पाठक, सुमनकुमार केसी र बद्रीराज भट्ट प्रतिश्पर्धामा छन्। 

यता प्रगतिशिल पेशागत तथा गणतान्त्रिक, लोकतान्त्रिक, समाजवादी र समावेशी कानुनव्यवसायी समूहले वरिष्ठ अधिवक्ता तुलसी भट्ट नेतृत्वको प्यानल प्रतिश्पर्धामा उतारेको छ।

उक्त समूहबाट उपाध्यक्षमा वरिष्ठ अधिवक्ता रामकृष्ण काफ्ले, सचिवमा श्यामकुमार खत्री, सह सचिवमा सगिना शाक्य र कोषाध्यक्षमा कपिलचन्द्र पोखरेल चुनावी भिडन्तमा छन्।

यस्तै सदस्यहरुमा क्रमशः सिर्जना कँडेल, विवेककुमार पौडेल, प्रभुजी पन्त, विनोदकुमार श्रेष्ठ, वीरेन्द्र महर्जन, प्रभाकर श्रेष्ठ, अनुपराज उप्रेती, रमेशराज शर्मा सिग्देल, देवी रेग्मी र छविलाल घिमिरे चुनावी प्रतिस्पर्धामा छन्। 

सर्वोच्च बारमा संविधानविद् वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य नेतृत्वको समितिको कार्यकाल समाप्त भएसँगै नयाँ नेतृत्वका लागि निर्वाचन तय भएको हो। सर्वोच्च बारमा हाल लोकतन्त्रवादी समूहको नेतृत्व छ।    

नयाँ सत्ता गठबन्धनलगत्तै हुन गइरहेको यो सर्वोच्च बार निर्वाचनलाई विशेष चासोका साथ हेरिएको छ। 

प्रकाशित मिति: १५:३५ बजे, बिहीबार, पुस १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्