Kathmandu Press

सन्दीप लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा 

सन्दीप लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा 

काठमाडौं, पुस १४ : बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सन्दीप लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा परेको छ । पुर्पक्षका लागि थुनामा पठाउने आदेश बदरको माग गर्दै लामिछानेले उच्च अदालतमा दिएको निवेदन बिहीबार सुनुवाई हुन नसकेको हो । 

लामिछानेको निवेदन उच्च अदालत, पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको थियो । तर हेर्न नभ्याइनेमा परेको छ ।

नाबालिका बलात्कारको आरोपमा लामिछानेलाई जिल्ला अदालत, काठमाडौंले १८ कात्तिकमा पूर्पक्षका लागि थुनामा पठाएको थियो ।

लामिछानेविरुद्ध २१ भदैमा १७ वर्षीया किशोरीले जाहेरी दिएकी थिइन् । क्यारेबियन प्रिमियर लिग खेल्न जमैका पुगेका उनी एक महिनापछि २० असोजमा नेपाल फर्किएका थिए । विमानस्थलबाटै पक्राउ परेका उनी सुन्धारास्थित केन्द्रीय कारागारमा छन् ।

प्रकाशित मिति: १५:३१ बजे, बिहीबार, पुस १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्