Kathmandu Press

सरकारी वकिलसम्बन्धी छुट्टै ऐन ल्याउन तत्पर छु : महान्यायाधिवक्ता पोखरेल

बिहीबार रामशाहपथस्थीत कार्यालयमा पदभार सम्हाल्दै महान्यायाधिवक्ता पोखरेलले संविधानको म्यान्डेडभित्र रहेको सरकारी वकिलसम्बन्धी छुट्टै कानून निर्माणका लागि आफू तत्पर रहेको बताएका हुन्।
सरकारी वकिलसम्बन्धी छुट्टै ऐन ल्याउन तत्पर छु : महान्यायाधिवक्ता पोखरेल

काठमाडौं, पुस १४ : नवनियुक्त महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले सरकारी वकिलसम्बन्धी छुट्टै ऐन ल्याउन आफु तत्पर रहेको बताएका छन्।

बिहीबार रामशाहपथस्थीत कार्यालयमा पदभार सम्हाल्दै महान्यायाधिवक्ता पोखरेलले संविधानको म्यान्डेडभित्र रहेको सरकारी वकिलसम्बन्धी छुट्टै कानून निर्माणका लागि आफू तत्पर रहेको बताएका हुन्।

सरकारी वकिलसम्बन्धी छुट्टै सेवासुविधा सम्बन्धी ऐन आए कार्यसम्पादन पनि प्रभावकारी हुने उनको भनाइ छ। पोखरेलले पेशालाई थप व्यावसायिक बनाउन महान्यायाधिवक्ता कार्यालयले आवश्यक कार्यक्रम तर्जुमा गर्ने धारणा राखे।

उनले आफुले पुराना कार्यक्रमलाई निरन्तरता दिदै नयाँ कार्यक्रमहरुलाई पनि प्राथमिकताका साथ अघि सार्ने बताए।  यसअघिका महान्यााधिवक्ताले गरेको राम्रा कामलाई आफूले अंगीकार गर्ने उनको भनाइ छ।

त्यसअघि बिहीबार नै नवनियुक्त महान्यायाधिवक्ता पोखरेललाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयता शपथ गराउनुभएको थियो। 

प्रकाशित मिति: १५:३० बजे, बिहीबार, पुस १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्