Kathmandu Press

एमालेको राष्ट्रिय सभा संसदीय दलको नेतामा देवेन्द्र दाहाल 

एमालेको राष्ट्रिय सभा संसदीय दलको नेतामा देवेन्द्र दाहाल 

काठमाडौं, पुस १४ : नेकपा (एमाले)ले राष्ट्रिय सभाको संसदीय दलको नेतामा देवेन्द्र दाहाललाई मनोनीत गरेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले संघीय संसदीय दलको विधान, २०७७ बमोजिम दाहाललाई संसदीय दलको नेतामा मनोनीत गरेका हुन्।

राष्ट्रिय सभामा यसअघि एमालेका संसदीय दलका नेता खिमलाल भट्टराई थिए।

नेता भट्टराईले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएपछि संसदीय दलको नेता पद रिक्त थियो। मनोनीत दाहाल यसअघि दलका प्रमुख सचेतक थिए। 

प्रकाशित मिति: १४:५३ बजे, बिहीबार, पुस १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्