कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा तीन जनाको उम्मेदवारी
अर्याल मोरङ ५ (ख) बाट विजयी भएका हुन्। थापा समानुपातिकबाट प्रदेशसभा सदस्य भएका हुन्। कार्की मोरङ ६ (ख) बाट प्रदेशसभामा विजयी भएका हुन्।
विराटनगर, पुस १४ : कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा तीन जनाको उम्मेदवारी परेको छ।
निर्वाचन समितिका अनुसार केन्द्रीय सदस्य अमृत अर्याल, प्रदेश १ सभापति उद्धव थापा र केदार कार्कीले दलको नेताका लागि उम्मेदवारी दिएका हुन्। प्रदेश १ मा दलको नेता छान्न भोलि (शुक्रबार) निर्वाचन हुँदैछ।
अर्याल मोरङ ५ (ख) बाट विजयी भएका हुन्। थापा समानुपातिकबाट प्रदेशसभा सदस्य भएका हुन्। कार्की मोरङ ६ (ख) बाट प्रदेशसभामा विजयी भएका हुन्। प्रदेश १ मा कांग्रेसको २९ सांसद छन्।
कार्कीका प्रस्तावकमा उदयपुरका रामकुमार खत्री र समर्थकमा इलामका शम्शेर राई छन् भने थापाको प्रस्तावकमा मोरङका भीम पराजुली र समर्थकमा खोटाङका भूपेन्द्र राई छन्। अर्यालको प्रस्तावकमा सोलुखुम्बुकी डोल्मा तामाङ र समर्थकमा सुनसरीकी सुनिताकुमारी गुरूङ छन्।
प्रकाशित मिति: १४:५४ बजे, बिहीबार, पुस १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












