सोमबार बस्नेगरी बाग्मती प्रदेशसभाको बैठक आह्वान

काठमाडौं, पुस १४ : बागमतीका प्रदेशप्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको बैठक आह्वान गरेका छन्।
उनले पुस १८ गते सोमबार दिउँसो १ बजे बस्नेगरी प्रदेशसभाको बैठक आह्वान गरेका हुन् ।
प्रदेश सभाको बैठक प्रदेश प्रमुखले बोलाउने व्यवस्था छ । प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १८३ को उपधारा १ बमोजिम पुस १८ गते बस्ने गरी बैठक बोलाइएको प्रदेश प्रमुख कार्यालयका सचिव ओमबहादुर खड्काले जनाएका छन् ।

प्रकाशित मिति: १४:५१ बजे, बिहीबार, पुस १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











