क्रान्तिकारी माओवादी नेता सीपी गजुरेल पक्राउ
काठमाडौं, पुस १३ : नेकपा (क्रान्तिकारी माओवादी)का नेता सीपी गजुरेल पक्राउ परेका छन्।
आइतबार सीमासम्बन्धी विषयमा उपप्रधानमन्त्री तथा रक्षामन्....
काठमाडौं, पुस १३ : नेकपा (क्रान्तिकारी माओवादी)का नेता सीपी गजुरेल पक्राउ परेका छन्।
आइतबार सीमासम्बन्धी विषयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन सिंहदरबार प्रवेश गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो। उनीसँगै क्रान्तिकारी माओवादी १० जना कार्यकर्तालाई पनि सिंहदरबारको दक्षिण गेटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
रक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाउन भनी ठूलो समूह सिंहदरबार प्रवेश गर्न लागेपछि रोकेको प्रहरीले जनाएको छ। त्यसक्रममा ढुंगामुडा गरेपछि पक्राउ गर्नुपरेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १५:४९ बजे, आइतबार, पुस १३, २०७६
थप समाचार




