Kathmandu Press

गण्डकी प्रदेशका सांसदहरूले लिए पद तथा गोपनीयताको शपथ

आज (बिहीबार) अपराह्न १ बजे प्रदेशसभाको हल नदीपुरमा प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले उनीहरूलाई शपथ गराएका हुन्।
गण्डकी प्रदेशका सांसदहरूले लिए पद तथा गोपनीयताको शपथ

पोखरा, पुस १४ : गण्डकी प्रदेशसभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

आज (बिहीबार) अपराह्न १ बजे प्रदेशसभाको हल नदीपुरमा प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले उनीहरूलाई शपथ गराएका हुन्।

बस्यालले भने बुधबार प्रदेश प्रमुख पृथ्वीमान गुरूङसँग ज्येष्ठ सदस्यका रूपमा शपथ लिएका थिए।

५९ सांसद शपथ लिएकोमा ३ जनाले आफ्नो मातृभाषामा शपथ लिएका छन्। गण्डकी प्रदेशसभा  ६० सदस्यीय रहेको छ। संसद्‌मा ५ दलको सहभागिता रहेको छ।

गण्डकीमा नेपाली कांग्रेस संसद्‌मा सबैभन्दा ठुलो दलको रूपमा रहेको छ। जससँग २७ सिट छन्। २२ सिट ल्याएको एमाले दोस्रो ठुलो दल हो।

माओवादी केन्द्रले ८ सिट ल्याएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दुई सांसद छन्। उनीहरू दुवै समानुपातिकबाट चुनिएका हुन्।

स्वतन्त्रबाट चुनाव जितेका दीपक मनाङे प्रवेश गरेसँगै नेकपा एकीकृत समाजवादीले पनि संसदमा अस्तित्व पाएको छ। प्रदेश प्रमुख गुरूङले १८ गते संसदको पहिलो बैठक डाकेका छन्।

प्रकाशित मिति: १४:११ बजे, बिहीबार, पुस १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्