Kathmandu Press

शिक्षा सुधारको सन्देश बोकेको ‘ज्ञानको चिहान’ नाटक मञ्चन सुरु

नाटकमार्फत विश्वविद्यालयमा भएका राजनीतिक गतिविधिका रुप देखाइएको छ।
शिक्षा सुधारको सन्देश बोकेको ‘ज्ञानको चिहान’ नाटक मञ्चन सुरु

काठमाडौं, पुस १४ : शैक्षिक क्षेत्रका विसंगति देखाउँदै सुधारको सन्देश दिइएको नाटक ‘ज्ञानको चिहान’ मञ्चन सुरु भएको छ। शिल्पी थिएटरमा बुधबारदेखि सुरु भएको नाटक यही पुस ३० गतेसम्म मञ्चन गरिने छ। नाटकमार्फत विश्वविद्यालयमा भएका राजनीतिक गतिविधिका रुप देखाइएको छ।

नाटकमा शैक्षिक क्षेत्रको सुधारका लागि विभिन्न किसिमका प्रयास पनि प्रस्तुत गरिएको छ। विश्वविद्यालयको शैक्षिक उन्नयनका निमित्त महत्वपूर्ण योगदान दिनुपर्ने प्रेरणा दिएको नाटकले हरेक कुरामा मुकदर्शकभन्दा पनि प्रतिवाद गर्न सक्नुपर्नेमा जोड दिएको छ। 

Hardik ivf

राजनीति सुधार्न राजनीति नै गर्नुपर्छ भन्ने सन्देश नाटकको  छ। उण्डाइस कलाकारको प्रस्तुति रहेको उक्त नाटकमा सामुदायिक शिक्षालाई कसरी सुधार्ने, शिक्षामा निजीकरणले निम्त्याएको समस्या, विश्वविद्यालयभित्रका समस्या र समाधानका विषयवस्तुलाई समेटिएको छ। संगीत सापकोटाको निर्देशन रहेको सो नाटकको कथा पूर्णबहादुर गन्धर्व, आशिष घिमिरे र नरेश रेग्मीले तयार पारेका हुन्। नाटकको परिकल्पनाकार पञ्चा सिंह हुनुहुन्छ।

नाटकमा सौभाग्यसिंह राई, विशाल देवकोटा, सुचित्रा उप्रेती, उन्नतजङ्े उप्रेती, नवीन अर्याल, दीपेश काफ्ले, सञ्जीत प्रतापमल्ल, नवीन प्याकुरेल, सुनिल तामाङ, अर्जुन दुलाल, विकाश लामा, मौसम खड्का, श्रवणसिंह रानामगर, आनन्द महत, आशिष घिमिरे, निशान खत्री, सुन्दर धिताल, प्रीतिशा अधिकारी, पूर्णबहादुर गन्धर्वलगायत कलाकारको अभिनय रहेको छ।

प्रकाशित मिति: १२:३० बजे, बिहीबार, पुस १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्