Kathmandu Press

विप्लव निकट विद्यार्थीको कार्यक्रममा प्रहरीको धरपकड, १७ विद्यार्थी पक्राउ

काठमाडौं, पुस १३ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थीको कार्यक्रममा प्रहरीले धरपकड गरेको छ।

आइतबार प्रदर्....

विप्लव निकट विद्यार्थीको कार्यक्रममा प्रहरीको धरपकड, १७ विद्यार्थी पक्राउ

काठमाडौं, पुस १३ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थीको कार्यक्रममा प्रहरीले धरपकड गरेको छ।

आइतबार प्रदर्शनमार्गमा अखिल क्रान्तिकारीले गरेको कार्यक्रममा प्रहरीले धरपकड गरेको हो। कार्यक्रमबाट १७ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ।

अखिल क्रान्तिकारीले प्रदर्शनमार्गमा प्रदर्शन गरेको थियो। उनीहरुले सीमा रक्षाको माग गर्दै नाराबाजी गरेका थिए।

त्यही प्रदर्शनमा प्रहरीले धरकपड गरेको हो। प्रदर्शनबाट केही विद्यार्थीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक उत्तम सुवेदीले बताए।

प्रहरीले धरपकड गरेपछि अखिल क्रान्तिकारीका विद्यार्थी तितरबितर भएका थिए। त्यसमध्ये १७ जनालाई पक्राउ गरिएको क्रान्तिकारीले जनाएको छ।

 

प्रकाशित मिति: १४:२८ बजे, आइतबार, पुस १३, २०७६