Kathmandu Press

बालुवाटारमा सत्ता साझेदार दलहरुको बैठक सुरु 

आजको बैठकमा मन्त्रिपरिषद् विस्तार र सत्ता साझेदार दलहरुबीच शक्ति बाँडफाँटबारे छलफल हुने बताइएको छ ।
बालुवाटारमा सत्ता साझेदार दलहरुको बैठक सुरु 

काठमाडौं, पुस १४ : सत्ता साझेदार दलहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरअघि बैठक सुरु भएको हो । 

आजको बैठकमा मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँटको विषयमा छलफल हुनेछ । त्यस्तै प्रदेश सरकारको भागबन्डाको विषयमा पनि छलफल हुने बताइएको छ । 

बुधबार नै टुंगो लगाउने भनिएपनि विविध कारणवश बैठक बस्न सकेन । बुधबार एमाले अध्यक्ष केपी शर्मा ओली खुमलटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग करिब साढे दुई घन्टा छलफल गरेका थिए। 

बुधबारको छलफलमा भागबन्डाबारे सामान्य  सहमति भइसको बताइएको छ । आजको बैठकले ठोस  निर्णय गर्ने बताइएको छ । 

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित उनलाई समर्थन गर्ने दलहरुको शीर्ष नेताहरु उपस्थित छन् । 


 

प्रकाशित मिति: ०९:५२ बजे, बिहीबार, पुस १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्