Kathmandu Press

सुदूरपश्चिम र प्रदेश–१ का हिमाली क्षेत्रमा हिमपातको सम्भावना

प्रदेश–१, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आज बिहान आंशिक बदली रहेको छ । तराईका केही भू–भागमा हुस्सुरकुहिरो लागेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
सुदूरपश्चिम र प्रदेश–१ का हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं, पुस १४ : पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको नेपालको मौसमी प्रणालीमा आज हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ । तराईका क्षेत्रमा शीतलहर रहको छ ।  

प्रदेश–१, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आज बिहान आंशिक बदली रहेको छ । तराईका केही भू–भागमा हुस्सुरकुहिरो लागेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश–१ र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीको अवस्था रहनेछ । प्रदेश–१ को हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागले आज राति प्रदेश–१, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीको अवस्था रहनेछ । प्रदेश–१ र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रदेश–१ र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केही  भू–भागमा  हुस्सुरकुहिरो लागेकाले  सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ । 

प्रकाशित मिति: ०७:१० बजे, बिहीबार, पुस १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्