Kathmandu Press

काभ्रेमा बस दुर्घटना हुँदा ९ जना घाइते, तीनकाे अवस्था गम्भीर

काभ्रेमा बस दुर्घटना हुँदा ९ जना घाइते, तीनकाे अवस्था गम्भीर

काठमाडाैं, पुस १३ : काभ्रेको महाभारत गाउँपालिका वडा नं ७ स्थित उदाउनेमा यात्रुवाहक बस दुर्घटना भएको छ । बनेपाबाट महाभारत गाउँपालिकाको गोकुलेतर्फ जाँदै गरेको बा ४ ख १९९६ नम्बरको बस उदाउनेमा दुर्घटना भएकाे हाे।

दुर्घटनामा ९ जना घाइते भएका छन। घाइते मध्ये तीन जनाकाे अवस्था गमभीर रहेकाे छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार बसमा सवार २३ जना यात्रुमध्ये १४ जना सकुशल रहेका छन।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०:३८ बजे, बुधबार, पुस १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्