Kathmandu Press

साइत हेराएर सरे प्रधानमन्त्री दाहाल सरकारी निवास, छाेरी गंगाले बुझिन् चाबी

साइत हेराएर सरे प्रधानमन्त्री दाहाल सरकारी निवास, छाेरी गंगाले बुझिन् चाबी

काठमाडाैं, पुस १३ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारस्थित सरकारी निवासमा सरेका छन। ललितपुरको खुमलटारस्थित निजी निवासबाट उनी आज साँझ सरकारी निवास सरेका हुन।

ज्याेतिषी टिकाराम घिमिरेले जुराएकाे साइत अनुसार बुधबार पाँच बजे सरिसक्नुपर्ने भए पनि उनी एक घन्टा ढिलाेगरी प्रवेश गरेका थिए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको चाबी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले बुझेकी छन् ।

उनलाई शहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले बालुवाटारको चाबी हस्तान्तरण गरेका हुन् ।

प्रकाशित मिति: १९:२५ बजे, बुधबार, पुस १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्