डा. दिनमणि पोखरेल महान्यायाधिवक्तामा नियुक्त

काठमाडौं, पुस १३ : नेपाल सरकारको महान्यायाधिवक्तामा डा. दिनमणि पोखरेल नियुक्त भएका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले डा. पोखरेललाई महान्यायाधिवक्ता नियुक्त गरेकी हुन् ।
शीतलनिवासबाट जारी विज्ञप्ति अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा संविधानको धारा १५७ को उपधारा (२) बमोजिम पोखरेललाई महान्यायाधिवक्तामा नियुक्त गरिएको हो ।
पोखरेल झिमरुक गाउँपालिका–४ प्यूठान निवासी हुन् । उनी वरिष्ठ अधिवक्ता समेत हुन् । प्रधानमन्त्री प्रचण्डले उनलाई महान्यायाधिवक्ता नियुक्त गर्न सोमबार राष्ट्रपति समक्ष सिफारिस गरेका थिए ।

प्रकाशित मिति: १७:३५ बजे, बुधबार, पुस १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











