Kathmandu Press

गृहमन्त्री रवि लामिछानेद्वारा राहदानी विभागको अनुगमन

मन्त्रिपरिषदको पहिलो बैठकले लाइन बस्नुनपर्ने गरी सेवा प्रवाहमा सुधार ल्याउने निर्णय गरेको थियो।
गृहमन्त्री रवि लामिछानेद्वारा राहदानी विभागको अनुगमन

काठमाडौं, पुस १३ : उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने राहदानी विभागको अनुगमन  गरेका छन्।

उनले आज (बुधबार) दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेर अनुगमन गरेका हुन्। सर्वसाधारणले सेवा लिन लामो लाइन लाग्नुपर्ने गुनासो आइरहँदा उनी राहदानी विभाग पुगेका हुन्।

मन्त्रिपरिषदको पहिलो बैठकले लाइन बस्नुनपर्ने गरी सेवा प्रवाहमा सुधार ल्याउने निर्णय गरेको थियो।

मन्त्री लामिछाने बुधबार अनुगमनमाका लागि विभागको कार्यलय त्रिपुरेश्वर पुगेको जानकारी दिँदै उनको सचिवालयले फेसबुकमा लेखेको छ, ‘राहदानी विभागमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको अनुगमन।’

प्रकाशित मिति: १६:४८ बजे, बुधबार, पुस १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्