प्रदेश ३ को नाम वागमती र स्थायी राजधानी हेटौंडा नै
काठमाडौं, पुस १३ : नेकपा सचिवालय बैठकले प्रदेश ३ को नाम बाग्मती र प्रदेश राजधानी हेटौडा राख्ने निर्णय गरेको छ।
आइतबार प्रधानमन्त्री निवास बा....
काठमाडौं, पुस १३ : नेकपा सचिवालय बैठकले प्रदेश ३ को नाम बाग्मती र प्रदेश राजधानी हेटौडा राख्ने निर्णय गरेको छ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौडा राख्ने गरि निर्णय गर्न प्रदेश समिति र प्रदेश सभा संसदीय दललाई निर्देशन दिने निर्णय गरेको हो। तर, नेकपाले यो निर्णय सार्वजनिक गरेको छैन।
यससम्बन्धी प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई पनि जानकारी दिइएको छ। केही दिनभित्रै प्रदेशको नाम र राजधानी टुङ्गो लाग्ने उनले बताएका छन्। उनले पुस २० गतेभित्रै संसद्बाट नाम र राजधानी तोकिने बताए।
प्रदेशकाे नाम र राजधानी दुई तिहाइ बहुमतले पारित गर्नुपर्छ। प्रदेश सभामा नेकपाकाे दुई तिहाइ बहुमत रहेकाे छ।
अहिलेसम्म तीन प्रदेशले मात्रै नाम र राजधानी तोकेका छन्। गण्डकी,कर्णाली र सुदूरपश्चिमको नाम र राजधानी टुङ्गो लागेको छ। प्रदेश १, २, ३ र ५ ले नाम र राजधानी तोक्न सकेको छैन।




