कांग्रेसको गण्डकी प्रदेश संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे निर्वाचित
पाण्डेले १८ मत पाउँदा अर्यालले ८ मत ल्याएका छन्, १ मत बदर भएको छ ।
काठमाडौं, पुस १३ : नेपाली कांग्रेसको गण्डकी प्रदेश संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे निर्वाचित भएका छन् । संसदीय दलको नेता चुन्न बुधबार भएको मतदानबाट भोजराज अर्याललाई हराउँदै पाण्डे निर्वाचित भएका हुन् ।
पाण्डेले १८ मत पाउँदा अर्यालले ८ मत ल्याएका छन्, १ मत बदर भएको छ । पाण्डे कांग्रेस सभापति शेरबहादुर देउवा पक्षधर हुन् भने अर्याल शेखर कोइराला पक्षका हुन् ।
पाण्डेको प्रस्तावक विन्दुकुमार थापा र समर्थक डा टकराज गुरुङ, अर्यालको प्रस्तावक महेन्द्रध्वज जिसी र समर्थक पार्वती तामाङ थिए ।
गण्डकी प्रदेशसभामा कांग्रेसका २७ जना सांसद छन् ।
प्रकाशित मिति: १६:३३ बजे, बुधबार, पुस १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











