Kathmandu Press

कांग्रेस वागमती संसदीय दलमा बहादुर सिंह लामा निर्वाचित

लामाले २१ मत पाए भने बानियाँले १६ मत मात्र पाए।
कांग्रेस वागमती संसदीय दलमा बहादुर सिंह लामा निर्वाचित

हेटौंडा, पुस १३ : नेपाली कांग्रेसको वागमती प्रदेशसभा संसदीय दलको नेतामा बहादुर सिंह लामा निर्वाचित भएका छन्।

आज (बुधबार) भएको निर्वाचनमा उनी इन्द्रबहादुर बानियाँलाई पराजित गर्दै दलको नेता चुनिएका हुन्। लामाले २१ मत पाए भने बानियाँले १६ मत मात्र पाए।

लामा नुवाकोट २ (ख) बाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। उनी यसअघि संघीय सांसद थिए।

 

 

प्रकाशित मिति: १६:२६ बजे, बुधबार, पुस १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्