Kathmandu Press

माओवादी कर्णाली प्रदेश संसदीय दलको नेतामा शर्मा चयन

माओवादी कर्णाली प्रदेश संसदीय दलको नेतामा शर्मा चयन

काठमाडौं, पुस १३ : नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलको नेतामा राजकुमार शर्मा सर्वसम्मत चयन भएका छन्। नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश समितिको आज बसेको बैठकले शर्मालाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको प्रदेश अध्यक्ष बिमला केसीले जानकारी दिए। 

अध्यक्ष केसीले भने, ‘दल नेतामा कालिकोटका दुर्गबहादुर रावत, सुर्खेतका विन्दमान विष्ट र कृष्ण जिसीको पनि दाबी रहेको थियो । हिजो र आज बसेको प्रदेश समितिको बैठकमा वृहत छलफलपछि उनलाई सर्वसम्मत रुपमा दलको नेता बनाइएको हो।’ 

दलको नेतामा निर्वाचित शर्मा रुकुम पश्चिम (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। विसं २०७४ मा जिल्ला समन्वय समिति रुकुमपश्चिमको प्रमुख भएर काम गरिसकेका उनीले पार्टीको जिल्ला इञ्चार्ज, प्रदेश अध्यक्ष हुँदै हाल नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य छन्। 

प्रकाशित मिति: १५:३५ बजे, बुधबार, पुस १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्