Kathmandu Press

प्रदेश १ को मुख्यमन्त्रीमा माओवादी केन्द्रको दाबी 

प्रदेश १ को मुख्यमन्त्रीमा माओवादी केन्द्रको दाबी 

काठमाडौं, पुस १३ : नेकपा माओवादी केन्द्रले प्रदेश १ को मुख्यमन्त्री दाबी गरेको छ । 

आज बसेको प्रदेश समितिको पदाधिकारी बैठकले प्रदेश सरकारको नेतृत्वमा दाबी गर्ने निर्णय गरेको हो । बैठकले त्यसका लागि अन्य दलहरुसँग छलफल अगाडि बढाउन तीन सदस्यीय वार्ता टोली समेत गठन गरेको छ । 

माओवादी केन्द्रको नेतृत्वमा सरकार बनाउनका लागि अन्य दलसँग छलफल गर्न पार्टीका केन्द्रीय सचिव राम कार्कीको संयोजकत्वमा वार्ता टोली बनाइएको छ । वार्ता टोलीमा इन्द्रबहादुर आङ्बो र हर्कबहादुर नेम्वाङ पनि छन् । 

इन्द्रबहादुर आङ्बो प्रदेश संसदीय दलको नेता चयन भइसकेका छन् । 
 

प्रकाशित मिति: १५:१४ बजे, बुधबार, पुस १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्