Kathmandu Press

खुमलटारमा ओली र प्रचण्डबीच के–के भयो कुराकानी ? 

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भोलि बालुवाटारमा थप छलफल हुने भएको छ । 
खुमलटारमा ओली र प्रचण्डबीच के–के भयो कुराकानी ? 

काठमाडौं, पुस १३ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल सकिएको छ। बुधबार दिउँसो प्रधानमन्त्री प्रचण्डलाई भेट्न खुमलटार पुगेका ओली छलफल सकाएर बालकोट फर्किएका छन् । 

भेटमा सरकारको प्रभावकारिताको विषयमा छलफल भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । त्यस्तै सरकारलाई पूर्णता दिने  र शक्ति बाँडफाँटका विषयमा पनि सामान्य छलफल भएको बताइएको छ ।  

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वका जनता समाजवादी पार्टीलाई पनि सरकारमा ल्याउने विषयमा प्रधानमन्त्री प्रचण्डले ओलीसँग छलफल गरेको बताइएको छ । प्रचण्डले आजै बिहान नेपाल र यादवसँग सोही विषयमा छलफल गरेका थिए । बिहान भएको छलफलबारे प्रधानमन्त्रीले ओलीसँगको छलफलमा राखेका छन् । 

त्यस्तै सरकारको न्यूनतम साझा कार्यक्रम तयार पार्ने विषयमा पनि कुराकानी भएको बताइएको छ । प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भोलि बालुवाटारमा थप छलफल हुने तय भएको छ । 

प्रचण्ड र ओलीबीचको छलफलपछि आजै संघीय संसद भवन नयाँ बानेश्वरमा सत्ता गठबन्धनको बैठक छ । गठबन्धनको बैठकअघि ओलीले प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका हुन् । 

आजको गठबन्धन बैठकले बाँकी रहेका मन्त्रिको भागबन्डा गर्ने, उपराष्ट्रपति, सभामुख र उपसभामुख सहित सातै प्रदेशको सरकारको नेतृत्वबारे छलफल गर्ने बताइएको छ । 

 

प्रकाशित मिति: १४:४८ बजे, बुधबार, पुस १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्