प्रधानमन्त्री प्रचण्ड भाेलि मात्र सरकारी निवास बालुवाटारमा सर्ने
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज (बुधबार) बालुवाटार छाडेपछि प्रचण्डले बिहीबार सर्ने तयारी गरेकाे उनकाे सचिवालयले जनाएकाे छ।
काठमाडौं, पुस १३ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भाेलि (बिहीबार) मात्र सरकारी निवास बालुवाटारमा सर्ने भएका छन् ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज (बुधबार) बालुवाटार छाडेपछि प्रचण्डले बिहीबार सर्ने तयारी गरेकाे उनकाे सचिवालयले जनाएकाे छ।
सचिवालयका अनुसार बालुवाटारमा आज सरसफाइका साथै फर्निचललगायत सामग्री मिलाउनुपर्ने भएकाले प्रचण्ड भोलि मात्रै सर्ने लागेका हुन्।
प्रधानमन्त्रीकाे शपथ लिएलगत्तै बालुवाटार निवासमा महँगा सरसमान खरिद नगर्न प्रचण्डले निर्देशन दिएका थिए।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुस १० गते मुलुककाे कार्यकारी प्रमुख प्रधानमन्त्रीमा नियुक्त माओवादी केन्द्रका अध्यक्षसमेत प्रचण्डले ११ गते शपथ गरेका थिए।
प्रकाशित मिति: १३:१६ बजे, बुधबार, पुस १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











