सत्ता बाहिर बसेर शक्तिको सही ढंगले परिचालन गर्ने शेखर पक्षको निष्कर्ष

काठमाडौं, पुस १३ : नेपाली कांग्रेसको संस्थापनइत पक्षले सत्ता लोभका कारण गठबन्धन टुटेको निष्कर्ष निकालेको छ ।
बुधबार बसेको सो पक्षको बैठकले कांग्रेस सभापति देउवाको सत्तालिप्साका कारण गठबन्धन टुटेको निष्कर्ष निकालेको नेता अर्जुननरसिंह केसीले जानकारी दिए ।
बैठकले सत्ता गठबन्धन टुट्नु दुःखद रहेको निष्कर्ष पनि निकालेको छ । सो समूहले पार्टीको बैठकमा पदाधिकारीलाई नबोलाइएकोप्रति असन्तुष्टि व्यक्त गरेको छ ।अब नेपाली कांग्रेसले गठबन्धन टुटेपनि सत्ता बाहिरै बसेर शक्तिको सही ढंगले परिचालन गर्ने निष्कर्ष बैठकले निकालेको छ ।
कांग्रेसको संस्थापन पक्षले भने पार्टीको बैठक छाडेर महामन्त्रीहरु विश्वप्रकाश शर्मा र गगन थापा पोखरा गएको भन्दै पार्टीप्रति गैरजिम्मेवार रहेको आरोप लगाउँदै आएका छन् ।
प्रकाशित मिति: १३:०८ बजे, बुधबार, पुस १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











