जनकपुरमा रेलले चेपिएर एकजनाको मृत्यु
जयनगरबाट जनकपुरधाम आउँदै गरेको रेलले चेपिएर धनुषाको नगराइन नगरपालिका-२ का ३५ वर्षीय पुरन सदाको मृत्यु भएको प्रहरीले जनाएको छ।
काठमाडौं, पुस १३ : जनकपुरमा रेलले चेपिएर एकजनाको मृत्यु भएको छ।
जयनगरबाट जनकपुरधाम आउँदै गरेको रेलले चेपिएर धनुषाको नगराइन नगरपालिका-२ का ३५ वर्षीय पुरन सदाको मृत्यु भएको प्रहरीले जनाएको छ।
विदेही स्टेसनमा गुडिसकेको रेलमा जबर्जस्ती चढ्न लाग्दा रेलको लिकमा खुट्टा फसेपछि किचिएर सदाको मृत्यु भएको रेलवे प्रशासनले जनाएकाे छ।
प्रकाशित मिति: १२:५७ बजे, बुधबार, पुस १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार