Kathmandu Press

जसपा संसदीय दलको नेतामा रामसहायप्रसाद यादव चयन

पार्टीभित्र एक समूहले अशोक राई वरिष्ठ नेता भएको र उनी नै संसदीय दलको नेता हुनुपर्ने बताउँदै आए पनि उनकाे उम्मेदवारी नपरेपछि रामसहाय निर्विरोध निर्वाचित भएका हुन्।
जसपा संसदीय दलको नेतामा रामसहायप्रसाद यादव चयन

काठमाडौं, पुस ३ : जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव चयन भएका छन्। 

पार्टीभित्र एक समूहले अशोक राई वरिष्ठ नेता भएको र उनी नै संसदीय दलको नेता हुनुपर्ने बताउँदै आए पनि उनकाे उम्मेदवारी नपरेपछि रामसहाय निर्विरोध निर्वाचित भएका हुन्।

सांसदद्वय राजकिशोर यादव र नवलकिशोर साहले पनि दलकाे नेताका लागि दाबी गर्दै आएका थिए।

प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार यादव निर्विरोध रूपमा दलकाे नेता चयन भए पनि घोषणा भने बाँकी छ।

रामसहाय बारा-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनी पार्टी अध्यक्ष उपेन्द्र यादवनिकट मानिन्छन्।

उनी यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारमा वन तथा वातावरण मन्त्रीसमेत बनेका थिए ।

सरकारलाई समर्थन गरेकाे जसपा सरकारमा सहभागिता हुने कि नहुने विषयमा निर्णय गर्न भने राजनीतिक समितिको बैठक पुस १८ र १९ गते बस्ने जनाइएकाे छ।

प्रतिनिधसभामा जसपाका १२ सांसद छन्। 

प्रकाशित मिति: १२:४८ बजे, बुधबार, पुस १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्