Kathmandu Press

देउवाले छाडे बालुवाटार

तत्काल निवासमा सर्न सक्ने अवस्था नभएकाले उनका लागि भाडाको घर खोजिएकाे देउवाको सचिवालयले जनाएको छ।
देउवाले छाडे बालुवाटार

काठमाडाैं, पुस १३ : पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटार छाडेका छन्। 

आज (बुधबार) बिहान देउवा सपरिवार धुम्बाराहीस्थित भाडाको घरमा सरेका हुन्। तत्काल निवासमा सर्न सक्ने अवस्था नभएकाले उनका लागि भाडाको घर खोजिएकाे देउवाको सचिवालयले जनाएको छ।

बुढानीलकण्ठस्थित आफ्नो घर निर्माणाधीन अवस्थामा छ। धुम्बाराहीमा खोजिएको भाडाको घरमा ४/५ वटा गाडी पार्किङ गर्न सक्ने ठाउँ रहेकाे छ। बूढानीलकण्ठको घर निर्माण सकिन केही समय लाग्ने जनाइएको छ।

२०७८ साल असार २८ गते पाचौंपटक प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा सरकारी निवासमा बस्दै आएका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि देउवा पदमुक्त भएका थिए। एमालेसँगकाे सहकार्यमा प्रचण्ड  प्रधानमन्त्री बनेपछि कांग्रेस प्रमुख प्रतिपक्षी दल बनेकाे छ।

 

प्रकाशित मिति: १२:२२ बजे, बुधबार, पुस १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्