Kathmandu Press

प्रधानमन्त्री प्रचण्डलाई भेट्न खुमलटार पुगे एमाले अध्यक्ष ओली 

नेकपा विभाजनपछि ओली पहिलोपटक खुमलटार पुगेका हुन् ।
प्रधानमन्त्री प्रचण्डलाई भेट्न खुमलटार पुगे एमाले अध्यक्ष ओली 
तस्बिर : बालकाेट सचिवालय

काठमाडौं, पुस १३ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली खुमलटार पुगेका छन् । 

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न ओली केहीबेरअघि खुमलटार पुगेका हुन् । 

नेकपा विभाजनपछि ओली पहिलोपटक खुमलटार पुगेका हुन् । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटार नछाडेका कारण ओली खुमलटार नै पुगेका हुन् ।  

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष अ‍ोलीबीच मन्त्रिपरिषद् विस्तार, माधव नेपालको पार्टीलाई सरकारमा सहभागी गराउने इत्यादी विषयमा छलफल हुने बताइएको छ । 

बुधबार नै प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरी सरकारमा सहभागी हुन पहल गरेका थिए । 
 

प्रकाशित मिति: १२:२१ बजे, बुधबार, पुस १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्