Kathmandu Press

कांग्रेस संस्थापनइतरको बैठक बस्दै

कांग्रेस संस्थापनइतरको बैठक बस्दै

काठमाडौं, पुस १३ : नेपाली कांग्रेसको संस्थापन इतर पक्षका नेताहरुको बैठक आज बस्ने भएको छ ।

सो पक्षको  नेता डा शेखर कोइरालाको सम्पर्क कार्यालयमा बैठक बस्नेत बताइएको छ । बैठकमा कांग्रेस प्रतिपक्षमा पुगेको विषयमा छलफल र समीक्षा हुने बताइएको छ । 

त्यस्तै पुस २२ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकबारे पनि छलफल हुने बताइएको छ ।

नेपाली कांग्रेसको संस्थापनपक्षका केही नेताहरुले महामन्त्री गगन कुमार थापा र विश्वप्रकाश शर्माले असहयोग गरेको कारण पार्टी प्रतिपक्षमा पुगेको आरोप लगाइरहेका छन् । यसबारेमा पनि बैठकमा समीक्षा हुने बताइएको छ ।


 

प्रकाशित मिति: १०:१४ बजे, बुधबार, पुस १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्