Kathmandu Press

सरकारलाई राप्रपाले दिएको समर्थन निरन्तरताका लागि मिश्रले राखे तीन सर्त

बहुमतको सरकार बन्न नसक्ने अवस्थामा सरकार गठनमा समर्थन गरेको स्पष्ट पारेका उनले सरकारमा भने जान नहुने बताएका हुन् । वरिष्ठ उपाध्यक्ष मिश्रले मंगलबार ट्विट गर्दै तीनवटा सतएमा मात्रै सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिन सकिने बताएका छन् ।
सरकारलाई राप्रपाले दिएको समर्थन निरन्तरताका लागि मिश्रले राखे तीन सर्त

काठमाडौं, पुस १३ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टी सरकारमा जान नहुने बताएका छन् ।

बहुमतको सरकार बन्न नसक्ने अवस्थामा सरकार गठनमा समर्थन गरेको स्पष्ट पारेका उनले सरकारमा भने जान नहुने बताएका हुन् । वरिष्ठ उपाध्यक्ष मिश्रले मंगलबार ट्विट गर्दै तीनवटा सतएमा मात्रै सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिन सकिने बताएका छन् ।

पुस २७ गतेलाई राष्ट्रिय एकता दिवस वा नेपाल दिवस घोषणा गर्न माग गरेको उनले संविधानको अन्तिम मस्यौदा तयार पार्दा संविधान सभाले जनतासँग धर्म निरपेक्षताबारे संकलन गरेको जनमतको यथार्थ विवरण सार्वजनिक गर्न पनि माग गरेका छन् ।

तेस्रो सर्तमा उनले उच्चस्तरीय नागरिक आयोग गठन गरेर २०४६ सालपछिका सबै उच्चपदस्थको सम्पत्ति छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । यी तीन सर्त पूरा नभए सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिन नसकिने उनले स्पष्ट पारेका छन् ।

राप्रपासहित ७ दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका भइसकेका छन् । राप्रपासँग प्रतिनिधि सभामा १४ सिट छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले यसअघि नै सरकारमा नजाने स्पष्ट पारिसकेका छन् । 

प्रकाशित मिति: ०८:३४ बजे, बुधबार, पुस १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्