Kathmandu Press

रास्वपाले माग्यो सिंहदरबारमा छुट्टै कार्यालय

गोपनियतालगायतका कारणले पनि आफूहरुको पार्टीका लागि छुट्टै कार्यालय आवश्यक भएको रास्वपाले संसद सचिवालयलाई भनेको छ।
रास्वपाले माग्यो सिंहदरबारमा छुट्टै कार्यालय

काठमाडौं, पुस १२ : सरकार सहभागी बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलका लागि सिंहदरबारमा छुट्टै कार्यलयको व्यवस्था गर्न माग गरेको छ।

रास्वपाले पुराना पार्टीहरुलाई छुट्टै कार्यालय व्यवस्थापन गरिएको तर, नयाँ पार्टीहरुका लागि एकै ठाउँमा कार्यालय दिएको भन्दै असन्तुष्टि जनाएको छ। गोपनियतालगायतका कारणले पनि आफूहरुको पार्टीका लागि छुट्टै कार्यालय आवश्यक भएको रास्वपाले संसद सचिवालयलाई भनेको छ।

संघीय संसद सचिवालयले नयाँ दललाई हेलो सरकार बस्दै आएको भवनमा संसदीय दलको कार्यालय व्यवस्थापन गरेको छ। जहाँ रास्वापा, राप्रपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायत स्वतन्त्र सांसदहरुका लागि कार्यालय व्यवस्थापन गरिएको छ ।

पुराना पार्टीहरु नेपादी कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका लागि साविककै स्थानमा संसदीय दलको कार्यालय व्यवस्थापन गरिएको छ ।

नयाँ र पुराना दलका लागि अलग अलग कार्यालय व्यवस्थापन गरिनु गलत भएको रास्वपाका प्रवक्ता मुकुल ढकालले बताए । आफूहरु संसदको चौथो ठूलो दल भएकाले त्यही अनुुसार छुट्टै कार्यालय व्यवस्थापनका लागि आग्रह गरिएको उनले जानकारी दिए।

 

प्रकाशित मिति: २०:४४ बजे, मंगलबार, पुस १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्