सरकारमा सहभागीता बारे जसपाले राजनीतिक समितिको बैठकपछि विषयमा निर्णय गर्ने
जसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरे पनि सरकारमा सहभागी हुने या नहुने निर्णय गरिसकेको छैन।
काठमाडौं, पुस १२ : जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा राजनीतिक समितिको बैठकपछि मात्रै निर्णय गर्ने भएको छ।
जसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरे पनि सरकारमा सहभागी हुने या नहुने निर्णय गरिसकेको छैन।
यही पुस १८ र १९ गते बस्ने राजनीतिक समितिको बैठकमा यसबारेमा छलफल हुने जसपाको प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। उनका अनुसार जसपाले अहिले ‘पर्ख र हेर’ को रणनीति लिएको छ।
जसपाले अहिलेसम्म पार्टीको संसदीय दलको नेतासमेत चयन गरेको छैन। प्रतिनिधिसभामा सो दलको १२ सिट रहेको छ।
प्रकाशित मिति: २०:२५ बजे, मंगलबार, पुस १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार