Kathmandu Press

माधव नेपाललाई वामदेवको सुझाव– कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न सरकारमा सहभागी हुनुस्

‘वर्तमान सरकारमा एकीकृत समाजवादी किन छुट्यो त, यो छुट्न हुँदैन । छुट्यो भने ऐतिहासिक भूल हुन्छ। नेताहरु कुनै माग नै नराखीकन जानुपर्छ।’
माधव नेपाललाई वामदेवको सुझाव– कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न सरकारमा सहभागी हुनुस्

काठमाडाैं, पुस १२ : कम्युनिस्ट नेता वामदेव गौतमले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई सरकारमा सहभागी हुन सुझाव दिएका छन्।

मंगलबार समाजवादी पार्टी कार्यालय तीनकुनेमा नेपालसँग छलफल गर्दै गौतमले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नका लागि पुष्पकलम दाहाल नेतृत्वको सरकारमा सरकारमा सहभागी हुन सुझाव दिएका हुन्।

छलफलपछि गौतमले माओवादीले एमालेसँग मिलेर सरकार बनाएको अवस्थामा नेकपा समाजवादी सरकारमा सहभागी हुनुपर्ने र सहभागी हुन नसके गम्भीर भूल हुने जिकिर गरे।

‘अहिले प्रधानमन्त्री प्रचण्ड बन्ने गरी केपी ओलीसँगको गठबन्धनमा नेकपा माओवादी केन्द्र सामेल भएको छ,’ भेटमा गौतमले भने, ‘एकीकृत समाजवादी किन छुट्यो त, यो छुट्न हुँदैन । छुट्यो भने ऐतिहासिक भूल हुन्छ। नेताहरु कुनै माग नै नराखीकन जानुपर्छ।’

प्रचण्डले समाजवादीसँग सम्मानजनक छलफल नगरी एक्लै एमालेसँग मिल्न जानु आलोचनाको विषय भएको गौतमको भनाई छ ।

उनले प्रचण्डले नेपाललाई बोलाएर सरकारमा लैजानुपर्ने जिकिर गर्नुभयो । गौतमले नेपाल कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गराउनका लागि जस्तोसुकै त्याग गर्न पनि तयार हुने निष्कर्ष निकालिएको जानकारी दिए।

छलफलका क्रममा अध्यक्ष नेपालले विकसित घटनाक्रममा विषयमा पार्टीमा छलफल भइरहेको र आवश्यक निष्कर्ष निकालिने बताए।

प्रकाशित मिति: २०:११ बजे, मंगलबार, पुस १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्