Kathmandu Press

सेनाको नयाँ प्रवक्तामा भण्डारी

सेनाको नयाँ प्रवक्तामा भण्डारी

काठमाडौं, पुस १२ : नेपाली सेनाको प्रवक्तामा सहायकरथी कृष्णप्रसाद भण्डारीलाई तोकिएको छ ।

झापा चारआलीस्थित २१ बाहिनीपतिको कार्य जिम्मेवारी पूरा गरेका उनलाई सेनाले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको प्रमुखमा ल्याएको हो ।
 
एक वर्षअघि प्रवक्तामा नियुक्त भएका हालका प्रवक्ता नारायण सिल्वालले उनलाई बुधबार बरबुझारथ गरी प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गर्दै छन्। 

सहायकरथी सिल्वाललाई सेनाले काठमाडौँ–तराई–मधेस द्रुतमार्गको अनुगमन तथा समन्वय समितिको अध्यक्षको जिम्मेवारी प्रदान गरेको छ। 

प्रकाशित मिति: १८:११ बजे, मंगलबार, पुस १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्