Kathmandu Press

मनाङबाट निर्वाचित कांग्रेस नेता टेकबहादुर गुरुङको सांसद पद निलम्बन

गुरुङमाथि भ्रष्टाचार अभियोगमा मुद्दा चलिरहेकोले उनको सांसद पद निलम्बनमा राख्न यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संसद् सचिवालयलाई पत्राचार गरेको थियो ।
मनाङबाट निर्वाचित कांग्रेस नेता टेकबहादुर गुरुङको सांसद पद निलम्बन

काठमाडौं, पुस १२ : नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री टेकबहादुर गुरुङ सांसदबाट निलम्बित भएका छन् । भ्रष्टाचारको मुद्दा खेप्दै आएका गुरुङको निलम्बनमा परेपछि संसद बैठकमा सहभागी हुन नपाउने भएका छन् । 

मंगलबार संघीय संसद सचिवालयले सूचना जारी गर्दै गुरुङविरुद्ध भ्रष्ट्राचार मुद्दा विचाराधीन रहेकाले स्वतः निलम्बनमा रहेको जानकारी दिएको छ।

मनाङबाट निर्वाचित गुरुङले पुस ७ गते सांसदको शपथ ग्रहण समेत गरेका थिए । गुरुङमाथि भ्रष्टाचार अभियोगमा मुद्दा चलिरहेकोले उनको सांसद पद निलम्बनमा राख्न यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संसद् सचिवालयलाई पत्राचार गरेको थियो ।

अख्तियारको पत्रपछि संसद सचिवालयले आज प्रकाशन गरेको सूचनामा गुरुङ पुस ८ गतेदेखि निलम्बनमा परेका जानकारी गराएको हो । 

उनीमाथि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा श्रम तथा रोजगार राज्यमन्त्री भएकाे बेला काठमाडौं फनपार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको अभियोग छ ।

प्रकाशित मिति: १७:१३ बजे, मंगलबार, पुस १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्